१४ बैशाख २०८१, शुक्रबार

प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा सम्मान सहित बिदाई

कृष्णनगर , कपिलवस्तु, असोज १०

कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगरले सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले बताउनु भयों साथै यस कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग ‘ जिल्ला लाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेल लाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब ऑफ कृष्णनगरको तर्फ़बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ l बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब ऑफ कृष्णनगर लाई विशेष धन्यबाद गरेका हुन lईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के. जी. लागु औषध चरेस सहित २ जना लाइ पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको (COVID-19) रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्ण रूपले उच्च मनोबलका साथ कार्य सम्पादन गरेको ठहर गर्दै उच्च मूल्यांकन साथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले प्रशंसा पत्र सहित नगद पुरस्कार समेत प्रदान गरेको छ l उक्त बिदाई कार्यक्रममा प्रेस क्लब ऑफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, अजय मिश्र लगायतको उपस्थित रहेको थियो l

धेरै कमेन्ट गरिएका

ताजा उपडेट