१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा ३७ केजी चरेससहित दुई महिला पक्राउ


कपिलवस्तु ,असाेज ७ । जिल्लाकाे कृष्णनगरबाट भारत लग्दै गरेकाे ३७ किलाे चरेससहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष खानतलास गर्दा भन्सारभन्दा दुई सय मिटर पहिलै पेट्राेमेक्स सिलिण्डरकाे पिंध काटेरभित्र राखेका र सुटकेसकाे कवरभित्र राखि नेपालबाट भारत तर्फ जाँदै गरेकाे अवस्थामा अकास्मिक चेकजांचमा चरेस सहित दुई महिला पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी टोलीले शंकास्पद दुवै महिलालाई पक्राउ गरि अनुसन्धान शुरु गरिसकेकाे प्रहरी निरिक्षक प्रताप पाैडेलले जानकारी दिएका छन ।
नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाङ्ग र जिल्ला दाङकाे साविक त्रिभुवननगर नगरपालिका ७ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको प्रहरी निरीक्षक पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ ।थप अनुसन्धानपछि पक्राउ पर्ने दुवै महिलालाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक पौडेलले बताउनु भएको छ l
नेपाल-भारत सिमामा केही दिन यता लकडाउन खुकुलो भएपछि तस्करहरु माैका छाेपि अवैध समान अाेसारपाेसार शुरु गरेपछि प्रहरीले सक्रियता देखाएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट