१५ बैशाख २०८१, शनिबार

माहुरि हाेम द्वारा बाख्रा वितरण

कपिलबस्तु , भदाैं ३१ । लकडाउनका समस्याले ग्रसित केही घरपरिवारलाई अार्थिक सबलीकरण गर्न किशाेर किशोरीलाई बिभिन्न सहयाेग गरिएकाे छ।
माहुरी हाेम , भिएसवाे र इन्टरनेसनल अलर्टकाे संयुक्त अायाेजनामा अाज जिल्ला विभिन्न स्थानिय तहमा अार्थिक सबलीकरणका सामग्रीहरु हस्तान्तरण गरिएकाे कार्यक्रम संयाेजक रिखिराम हरिजनले बताउनुभएको छ । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा १काे मडहा गाउंमा ९ जना, शुद्धाेघन गाउपालिका मा १० जनाा , कपिलवस्तु नगरपालिकामा ९ जनालाई माहुरी हाेमका काेषाध्यक्ष जयप्रकाश पाण्डेयकाे अगुवाईमा जमुना पारि जातिकाे बाख्रा दिईएकाे छ । सबै जनालाई बाख्रा, खाेर र घांससमेत बितरण गरिएकाे छ भने कृष्णनगरका एकजना लाई एउटी भैंसी र अर्का एक जनालाई तरकारी व्यवसाय गर्न पनि अावश्यक सहयाेग प्रदान गरिएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट