१५ बैशाख २०८१, शनिबार

त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हिजो गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो ।

गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो ।

विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा आउँदो २१ गते सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शहीद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखी क्याम्पसले पुनः परीक्षा सञ्चालन हुने सूचना प्रकाशित गरेका छन ।

गएको वर्ष पनि व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट