१४ बैशाख २०८१, शुक्रबार

कृष्णनगरमा प्रहरिमाथि हातपात


कृष्णनगर, भदाैं ११ । कृष्णनगरकाे लक्ष्मीनगरमा केही युवाद्वारा प्रहरीमाथि हातपात गरिएकाे छ।
सिमा बन्दका बेला भारतबाट नेपालतर्फ अाउदै गरेका केही स्थानीय युवाहरुलाई समझाउन खाेज्दा इलाका प्रहरी कार्यालयका जवान (चालक)माथि हातपात गरिएकाे इलाका प्रहरी निरिक्षक प्रताप पाैडेलले बताउनुभएकाे छ ।
प्रहरी माेबाइल टाेली लक्ष्मीनगर पुग्दा केही युवाहरुकाे झुन्ड नेपाल भित्रिने क्रममा राेक्दा प्रहरी गाडीका चालकमाथि हातपात र गाडि माथि ढुंगामुढा गरिएकाे स्थानिय बताछन । हातपातमा गाडी चालक सामन्य घाइते भएकाले निजलाई शिवराज अस्पतालमा अाैषधि गराउन पठाईएकाे थियाे । घटना लगत्तै कृष्णनगर नगरपालिका वडा ३ लक्ष्मीनगरका दुई जना युवकहरुलाई अुनसन्धानका लागि इप्रका ल्याइएकाे प्रहरी स्राेतले जनाएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट