२३ बैशाख २०८१, आईतवार

आज तेस्रो दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई खाना खुवाउदै

बिरगंज , भदौ ०७ गते आइतबार ।
गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो दिन पनि बिहान र बेलुकी दुबै समय खाना खुवाएको छ ।
नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।
खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रभी साह,भुपेन्द्र यादव, राजा यादव र ने.बि.संघ पर्साका जिल्ला उपाध्यक्ष शेष हजरा लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले पर्सा पोस्टलाई बताए ।

धेरै कमेन्ट गरिएका