२२ बैशाख २०८१, शनिबार

जसपा का युवा नेता अकरम पठान द्वारा सुझाव सहित हरितालिका तिजको शुभकामना व्यक्त

५ भदौ, कपिलवस्तु । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गर्नुभएको छ। पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिजको दिन परेको हुनले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं समाजिक दुरि पालना गरि सरकारले यसको नियन्त्रणका लागि लगाएको समाजिक दुरि, स्वास्थ्य सम्बन्धि सम्पुर्ण नियमलाई पालना गरि घर मै तिज मनाउन सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।हाल सरकारले कतिपय जिल्लामा लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार समाजिक दुरिको पालना गरि पर्व मनाउन समेत उहाले अनुरोध गर्नुभएको छ ।कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागिभिडभाड हुने गरि सामुहिक रुपमा तिज र अन्य पर्व नमनाउन आग्रह गर्नुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट