२२ बैशाख २०८१, शनिबार

के लकडाउन मात्र एउटा बिकल्प छ र ?

गेहेन्द्र शुक्ला ..

कहिले संघ को लकडाउन कहिले प्रदेश को लकडाउन कहिले जिल्ला को लकडाउन कहिले पालिका को लकडाउन । के लकडाउन ले कोरोना रोकथाम भईरहेको छ र ? रोड र शहरी ईलाकामा मात्र कोरोना छ र ? लकडाउन ले गरीब र आम मनिसमा कस्तो असर गरेको छ बिचार गरौ, दिनभरि काम गरी साँझ त्यही पैसा बाट बालबच्चा लाई खाना पुग्ने मानिस् को के हाल हुन्छ ? रोडमा गाडी चल्न न दिने, बजार २ घन्टाको लागि खोलेर दिन भरीको भीड २ घन्टामा बढाईदिएर कोरोना कम कसरी हुन्छ, गाऊँ घरमा लकडाउन को कुनै असर नै हुदैन जबकि अहिले सबैभन्दा बढी खतरा गाऊँ घरमै छ । बिरामी भएका मनिस साधन न पाएर घरमै मर्ने अवस्था आईरहेको छ । लकडाउन ले गर्दा कालोबजारी गर्ने झन मौलाई रहेका छन। उद्योग धन्दा को डूब्ने अवस्था भई सकेको छ। सरकारी निकाय मौन छ , सरकार आफ्नै कुर्सी बचाउँन का लागी परेको छ। बिचार गरौं लकडाउन अन्तिम बिकल्प अवश्य होइन होला । सरकारले परिक्षण को दायरा बढाउने तिर लाग्नु पर्छ । भौतिक दुरी कायम गर्ने मास्क लगाउन लाई सचेतना गर्नु आवश्यक छ। सुरक्षा लाई ध्यान मा राखी सबैले अ आफ्नो काम तिर लाग्न उचित हुन्छ जस्तो लाग्छ, आखिर कहिले सम्म डराउने कोरोना तुरून्तै खतम हुने अवस्था पनि छैन् । लकडाउन लगाउन सजिलो छ तर पछि त्यसको असर को बारेमा बिचार गरौं ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट