१४ बैशाख २०८१, शुक्रबार

जसपा का युवा नेता अकरम पठान द्वारा सुझाव सहित ईद उल अजह(बकर ईद) को शुभकामना व्यक्त

कृष्णनगर, साउन, १६मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। अकरम पठान ले (COVID-19) कोरोना भाइरस ले गर्दा लकडाउन रहेको अवस्था मा विपन्न परिवार मा राहत वितरण लगायत समय समयमा अन्य सामाजिक कार्य गर्दै आएका छन्।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत यूवा नेता तथा समाजसेवी अकरम पठान ले अनुरोध गरेका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट