नवराज पौडेल कपिलवस्तु ।।
साउन ०६
नेपाल टेलिकम वर्कर्स युनियन प.क्षे.नि भैरहवाले २९ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाल टेलिकम वर्कर्स युनियन प.क्षे.नि भैरहवा ले २९ औं बार्षिक उत्सवको उपलक्ष्यमा नेपाल अविनास अनाथ आश्रम मा खाद्यन्न सामाग्री वितरण गरेको छ तिलोत्तमा नगरपालिका २० कोटिहवा रुपन्देहीमा रहेको आश्रममा खाद्यन्न सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा युनियनका का.व अध्यक्ष शिव शर्मा र प्रमुख अतिथी शंकर वि.क द्धारा आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लाई रु १५,०००(पन्ध्र हजार) बराबरको अति आवस्यक खाद्यन्नका सामाग्रीहरु हस्तान्तरण गरिएको का.व अध्यक्ष शिव शर्माले जानकारी दिनु भएको छ । युनियनको तर्फबाट युनियनकै खर्चमा १ लाईन टेलिफोन समेत जडान गरिएको उहांले बताउनु भयो ।
कार्यक्रम युनियनका का.व अध्यक्ष शिव शर्माको सभापतित्व, नेपाल सार्वजनिक संस्था कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष शंकर वि.क को प्रमुख आतिथ्यता,क्षे.नि.का भैरहवाका .निमित्त निर्देशक भगवानराम कलवारको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
3