१८ बैशाख २०८१, मंगलवार

निजगढ सहित नेपालको चार ओटै अन्तरराष्ट्रिय विमानस्थल ‘अडानी ग्रुप’लाई दिने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले निजगढ सहित चारओटै अन्तरराष्ट्रिय विमानस्थल भारतिय व्यवसायी गौतम अडानीको समुह ‘अडानी ग्रुप’ लाई संचालनका लागी दिने तयारी गरेको छ ।

आगामी बैसाखमा सरकारले गर्न लागेको लगानी सम्मेलन मार्फत उक्त सम्झौता हुन लागेको अर्थमन्त्रालय स्रोतले बतायो । जस अन्तर्गत नेपालमा संचालनमा रहेका काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तथा निजगढमा बन्न लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । तिन विमानस्थलको व्यवस्थापन कन्ट्रयाक्टमा दिने तथा निजगढ विमानस्थलको निमार्ण संचालन तथा हस्तान्तरण ‘बुट’ प्रणालीमा दिने तयारी भैरहेको स्रोतको भनाई छ ।

‘नेपालमा अहिले राजस्वले चालु खर्च समेत धान्न सकेको छैन, पुँजीगत खर्चभन्दा सरकारी ऋण व्यवस्थापन खर्च दोब्बर रहेको अवस्थामा नयाँ मेगा प्रोजेक्टका लागी सरकारले थप खर्च जुटाउन समस्या छ । नेपालमा ऋणबाट बनेका विमानस्थलहरु संचालन खर्च समेत घाटामा रहेका छन् । जसका लागि हामीलाई अनुभवी तथा योग्य साझेदारका रुपमा अडानी ग्रुपलाई आग्रह गर्दा उनिहरुले चासो देखाएका छन् । संभवत लगानी सम्मेलनको समयमा सम्झौता हुन सक्छ ।’ स्रोतले भन्यो ।

नेपालको विमानस्थल एकमुस्ट रुपमा एउटै व्यवसायी कम्पनीलाई दिने तयारी भैरहेको बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले समेत संकेत गरेका छन् । मन्त्री किराँतीले मंगलवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै भने ‘अब भैरहवाको म्यानेजमेण्ट एउटालाई कन्टयाकमा दिएर भएन । पोखरा दिएर भएन । ट्राफिक त एउटै हो नि नेपालको । व्यवसायिक संस्थाहरुबीच झगडा भएर झन कुनै सक्किने, कुनै चल्ने पनि हुन जान्छ । के गर्ने त नेपालको हकमा भन्दा चार वटालाई नै एउटा बण्डलिङ गर्ने र त्यसले निश्चित समय भित्र त्यो तोकिएको समयमा नयाँ एयरर्पोट पनि बनाउने । म कडाईका साथ भन्छु–राजनीतिक दबाबको आधारमा अव एयरर्पोट बन्दैन । यसरी जानुपर्छ भन्ने मलाइ लागेको छ ।’

अर्थ मान्त्रालय स्रोत र मन्त्री किराँतीको भनाइका आधारमा नेपालको एयरर्पोट अडानी ग्रुपलाई दिने तगारी तिब्र रहेको बुझ्न सकिन्छ । ‘भाइब्रेन्ट गुजराँत’ कार्याक्रममा अर्थमन्त्री प्रकाशशरण महत भारतको गुजराँत गएर आएपछि नेपाली एयरर्पोट अडानी ग्रुपलाई दिने मनस्थीतिमा अर्थमन्त्री पुगेको स्रोत बताउँछ ।

नेपालमा पुँजीगत खर्चभन्दा सरकारी ऋण व्यवस्थापन खर्च दोब्बर भएको अवस्थामा सरकारले मेगा प्रोजेटमा बुट प्रणाली भित्राउनु सकारत्मक कदमनै हुन सक्ला तर अडानी ग्रुप र त्यसका प्रमुख गौतम अडानी एक बिवादित भारतिय खर्वपती हुन् । उनलाई भारतिय बिपक्षी पार्टीहरुले ‘पोर्ट माफिया’को आरोप समेत लगाउने गरेका छन् ।

अडानी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यवसायीका रुपमा चिनिन्छन् । उनले भरतका विभिन्न एयरर्पोट, बन्दरगाह, रेलवे, लगायतका क्षेत्रहरु व्यवस्थापन तथा बुट प्रणलीमा निर्माण गरी संचालन गरेका छन् ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अडानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि अडानी समूहको सेयरमा व्यापक गिरावट आएको थियो ।

धेरै कमेन्ट गरिएका