२२ बैशाख २०८१, शनिबार

मलाई मर्द चाहिएन

मध्यरातमा
जाड खाएर घर फर्किएर
सुतिरहेकी श्रीमतीलाई
कुटपिट गरी
मेरो घरबाट निस्केर जा
त मेरो को होस् र! !
तँलाई मेरो कोठामा
पस्ने के अधिकार छ
भन्दै
विहेको मण्डपमा
पहिराइ दिएको
तिलहरी खोसी
कपाल लुझी
लछार पछार
पार्ने
यस्तो मर्द मलाई चाहिएन ।
मासिक श्रापमा लतपत्तिएकी
श्रीमती सँग सम्भोग गर्न
पाइएन भनेर श्रीमती सँग
राक्षसी व्यवहार देखाइ
कुटपिट गरी ढम्कि दिने
यस्तो मर्द मलाई चाहिएन ।।
तेरा बा को के लिएर
आइछस् र !
खाए त
मेरै बा को खाए
भनेर आक्षेप लगाउने
नाई मलाई यस्तो
मर्द चाहिएन ।।
मलाई त त्यस्तो नामर्द
स्वीकार छ, जसले
मलीन अनुहार र
कमजोर शरिर को
पीडा सहजै बुझोस् ।।
लेखक – आकांक्षा शर्मा आशा
दाङ तुलसीपुर ।।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट