२३ बैशाख २०८१, आईतवार

सहकारी र कृषक समुहलाई ८५% अनुदानमा पम्पसेट वितरण

कृष्णनगर, असार, ३० ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरक्षेत्रका कुल १७ वटा सहकारी र कृषक समुहलाई ८५% अनुदानमा पम्पसेट वितरण गरेको छ।
नगरपालिकाको आर्थिक बर्ष ०७६/०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको गरिएकाे ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह तथा सहकारीको लगानीमा पम्पसेट १ गाेटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरीले दिनुभएकाे छ ।
प्रत्येक वडाका कुल १७ वटा कृषक समूह तथा सहकारीलाई पम्पसेट वितरण गरि सिंचाईका समस्या निर्मुल गर्न खाेजेकाे प्रयास सरहनिय रहेकाे कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिए ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकमैत्री नगर बनाउन तथा बिउविजन,सिचाईमा सजिलोका लागि यस्ता कार्यक्रम हरु लाभदायी हुने नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । नगरभित्रकाे युवा कृषकहरु लक्षित विभिन्न याेजना नगरपालिकाले ल्याउदै गरेकाे छ जसले काेविड-१९ का कारण अाएकाे वेराजगारीकाे डाटा घटाउन सफल भइएकाे नगरप्रमुख शाहकाे भनाई छ। नगरपालिकाले यस अार्थिक बर्षमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण लगायत प्रत्यक्ष फाईदा पुग्नेगरि कार्यक्रम समपन्न गरिसकेकाे कृषि शाखाका राजेश मिश्रले बताउनुभएको छ ।
कृषि संयन्त्र वितरण कार्यक्रममा उपप्रमुख शबनम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाॅगी लगायत वडा अध्यक्ष हरुको उपस्थित थियाे।

धेरै कमेन्ट गरिएका