२२ बैशाख २०८१, शनिबार

महाराजगंजमा १ अर्ब ७ करोड रकम विनियोजीत ।।


सनिउल्ला धोबी, कपिलवस्तु असार १८ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट विनियोजीत गरेको छ । महाराजगंज नगरपालिकाको सातौँ नगर सभाले रु १ अर्ब ७ करोड बराबरको रकम विनियोजीत गरेको छ । नगरपालिकाले असार १० गते निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नगर सभाले पुजीगत तर्फ ५४ करोड, ७६ लाख ६३ हजार विनियोजन गरेको छ त्यस्तै चालु तर्फ ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
नगरपालिकाको सशर्त अनुदान २७ करोड १९लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड रकम नगर सभाले विनियोजीत गरेको नगर प्रमुख कलामले बताउनु भयो ।
महाराजगंज नगरपालिकाले किचड मुक्त गाउ निर्माणका साथ अघि बढेको नगर प्रमुख कलामले बताउनु भयो । छानो मुक्त नगर निर्माण र शुद्धखाने पानीमा समेत विशेष रकम वियोजन गरेको नगर प्रमुख कलामले जानकारी दिनुभयो ।
नगरपालिकाले महाराजगंज नगरपालिकामा रहेको ११ वटै वडालाई ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले जानकारी दिनुभयो । नगरको भौतिव पुर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि, पशु सेवा, लगायतका क्षेत्रमा रकम विनियोजीत गरीएको उप प्रमुख कुर्मीले बताउनु भयो ।

फाइल फाेटाे

धेरै कमेन्ट गरिएका

ताजा उपडेट