१४ बैशाख २०८१, शुक्रबार

लकडाउनमा भिक्षुलाई दान

कपिलवस्तु, १८ जेठ २०७७
लुम्बिनि विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले थाई भिक्षुलाई दान दिनु भएको छ । बुद्धस्थल कपिलबस्तु राजकिय बिहार तिलौराकोटमा थाई भिच्छु स्पोतलाई कोषका सदस्य ज्ञवालीले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नका लागि भिक्षुलाई मास्क, सेनेटाइजर दिनु भएको हो । कोषका सदस्यले अफठेरोमा परेका जो कोहीलाई सहयोग गर्दै आउनु भएको छ ।
त्यस्तै खानाको लागि चमाल, तेल, फलफुल, चाउचाउ, फ्रुटी, नुन लगायतका सामाग्री दान गरेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिनुभयो । लकडाउनको समयमा कोही पर्यटक नआएकोले भिक्षुलाई कसैले दान नगर्दा समस्या परेको भन्दै दान गरेको सदस्य ज्ञवालीले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट