१५ बैशाख २०८१, शनिबार

संघियतालाई सफल स्थानिय तहले मात्र सफल बनाउदै, मधेशी मन्त्री हरुमा सत्ता माेह मात्र


कपिलवस्तु जेठ १४ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले “दुई महिनाकाे लकडाउनमा काेराेनासंगकाे लडाईका लागि संघ र प्रदेश सरकारले कस्ता नीति कार्यक्रम ल्याएकाे छ” भन्दै प्रश्न गर्नु भएको छ ।

मेयर शाहले कोरोना कहरमा जनताले संघीय र प्रदेश सरकार अनुभुती गर्न नपाएको बताउनु भयो । स्थानिय तहले संघीयतालाई सफल बनाउन महत्वपुर्ण भुमिका खेलिरहेकाे बताएका छन । निर्वाचनमा समृद्ध मधेशकाे रट लगाएका मधेशका मन्त्री ज्युहरु सत्ता मातमा मुद्दा विर्सेर जनतालाई भाेट बैंक मात्र ठानेको शाहले आरोप लगाउनु भयो ।

शाहले आफ्नो फेसबुकमा स्टाटस लेख्दै संघ र प्रदेश सरकारले ठोस कदम नचालेको बताउनु भएको छ ।
तराई काेराेनाकाे कहरले अक्रान्त छ तर तराई बाट सांसद ,मन्त्री बनेका प्रतिनिधि ज्युहरु किसान बीउ, मल नपाएर दुखिछन खोइ पीडा बुझेको भन्दै मेयर शाहले अक्रोश पोख्नु भएको छ ।

उहाले केन्द्र र प्रदेशका नेताहरुलाई भन्नू भयो “मधेश अान्दाेलनमा देखाएका सपना ? समृद्ध मधेशकाे नारा सिंहदरबार भित्र गुंजिदै छन कि विसर्जन भए ?”

अब सबै स्थानीय तहमा हजाराैं युवाहरु प्लायन भएर अाउदैंछन कस्ता तैयारी गरेकाे छ सरकारको ? सबै अन्याेल छ , गंजागाेल छ ।

कृषि उपज घटेमा कस्ता समस्या अाउने हुन कुनै पुर्व त्यारी नै भएछैन भने हामी जनप्रतिनिधिका के काम ?
भविष्यमा अाउने भयवह अवस्थाबारे पुर्व तैयारी शुरु गर्न सरकारलाई अाग्रह गर्दै , हामी सहकार्य गर्न तैयार रहेकाे शाहले स्पष्ट पारेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट