२३ बैशाख २०८१, आईतवार

असमझदारीले घटना घटेकाे अध्यक्ष थापाकाे भनाई


कपिलवस्तु , जेष्ठ १० । विजयनगर गाउपालिकाले बनाएकाे अाइसाेलेसन अस्पतालमा स्वास्थ्य संयाेजकलाई निषेध गर्न घट्ना असमझदारी ले हुन गएका अध्यक्ष थापाले विज्ञाप्तिमा प्रेसित गरेका छन।
काेराना संक्रमण बढदै गएका कारण जिल्लाकाे विभिन्न स्थानिय तहमा २५० बेडकाे अाइसालेसन अस्पताल बनाउने निर्णय अनुरुप विजयनगर गाउंपालिकाले पनि वडा ७ अवस्थित अायुर्वेद अस्पतालमा २५ बेडकाे अाइसाेलेसन वार्ड बनाएकाे छ । साे अस्पतालमा संक्रमितलाई नियमित चेेक जांचका लागि गाउंपालिकाका स्वास्थ्य संयाेजक यज्ञ प्रसाद अधिकारीलाई जिम्मा दिएपनि समय दिन नसकेकाले वडा ७ का वडाध्यक्ष दिनेश चाैधरीले अाइसाेलेसन अस्पतालमा नअाउन पम्प्लेट टांस गरेका थिए ।
यी घटनाक्रम प्रतिनिधि र कर्मचारीबीचकाे अापसी असमझदारी ले हुन गएकाले कार्यपालिकाबाटे निर्णय गरि पछि यस्ता घटना नदाेहाेर्याउन नसिहत दिदै विजयनगर गाउंपालिका अध्यक्ष गाेपाल बहादुर थापाले प्रेस विज्ञप्ति जारी गरेका हुन । विज्ञाप्तिमा काेराेना संक्रमण राेकथाममा सबै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्ने अाग्रह समेत गरेका छन ।

धेरै कमेन्ट गरिएका