२३ बैशाख २०८१, आईतवार

कपिलवस्तु नागरिक समाज द्वारा अपिल

मिति -२०७७/०२/०७

शान्तिका लागि नागरिक संजाल कपिलवस्तु सयौ नागरिक संगठनहरुको साझा मञ्च हो । यस मञ्चले २०५६ साल देखि कपिलवस्तु जिल्लामा शान्ति र सद्रभाव विकास र विभिन्न संकटकालिन अवस्थामा बिशेष योगदान गरिरहेको छ र बर्तमान महामारीमा पनि यसले भूमिका अझ बढिरहेको छ । यस संजालमा आवद्ध विभिन्न संस्थाहरुको स्थलगत अनुगमन तथा अवस्थाको अध्ययन गरि हालै सम्पन्न संजालको बैठकले यस महामारीवाट बच्न र नागरिकहरुका आधारभूत अधिककारहरुको परिपुरणका लागि यस जिल्लाका आम नागरिक, प्रशासन, स्थानीय सरकार, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु र निजी क्षेत्रहरुका लागि हार्दिक अपिल गर्दछ ।
कपिलवस्तु जिल्ला कोरोनाको महामारीले आक्रान्त रहेको छ । हज्जारौ मानिसहरु भारतबाट घरफिर्तीका लागि भारतीय सीमा बसीरहेको र करिब ८ हजारको संख्यामा क्वारेन्टाईनमा कष्टकर जीवन विताईरहेका छन भने ५ दर्जन ब्यक्ति कोरोनाको संक्रमणवाट गुज्रीरहेका छन । हज्जारौ मानिसहरु कोरोनाकोत्रासवाट बाची रहेका छन् । स्कूल, कजेज, उद्योग कृषि, कलकारखाना, यातायात र बन्द ब्यापार ठप्प छ । कपिलवस्तु कोरोनाको उच्च जोखिम भएको जिल्लाको रुपमा नेपाल सरकारले बर्गिकरण गरेको छ । यस अवस्थामा मानवका आधारभूत अधिकारहरु हनन भएका छन् । मानवअधिकारको सम्मान र परिपूरणका लागि समेत सबैमा आह्वान गर्दछौ ।

तपसील
१. कपिलवस्तुका कोरोनाको उच्च जोखिम देखिएको सम्पुर्ण कपिलवस्तु बासीहरुलाई यसको संक्रमणवाट बच्नका लागि उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गर्दछौं । शारिरिक दुरी कायम गर्दै लक्डडाउनको पुर्ण पालनाका लागि सबै आमनागरिकहरुमा हार्दिक अनुरोध गर्दछौ ।
२. कपिलवस्तु जिल्लामा न्यूनतम २५० शैयाको कोरोना अस्पताल निमार्ण र आईसोलेसन सेन्टर र न्यूनतम ८००० वेडको आधारभूत सुविधा सहितको क्वारेन्टाईनहरु तत्काल ब्यवस्थापन गर्न प्रदेश सरकार र स्थानिय सरकारहरु समक्ष आग्रह गर्दछौ ।
३. क्वारेन्टाईनमा बसेका महिलाहरु, बालवालिकाहरु, सुत्केरी तथा गर्भवतीहरुको विशेष सुरक्षाका लागि पहलकदमी गर्न हुन ।
४. कोरोनाको महामारीका विरुद्ध दिनराती खटीरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वमंसेवक, पत्रकार तथा अधिकारकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीको प्रयोगका लागि आवश्यक ब्यवस्थापन गर्न ।
५. सीमा पारी बसीरहेका नेपाली नागरिकहरुका लागि संघीय र प्रदेश सरकारको लगानी तथा स्थानीय सरकारको ब्यवस्थापनमा क्वारेन्टाईनमा राखी आवश्यक स्वास्थ्य जाच गरि सम्बन्धित स्थानमा पुराउने बातावारण मिलाउन हुन ।
६. गरिव तथा विपन्न परिवारहरुलाई खाद्यानको आभावमा दैनिक जीवन कष्टकर भैरहेको छ । उनिहरुको पहिचान गरि आवश्यक खाद्यान्नको नियमित आपुर्तिका मिलाउन हुन ।
७. बालवालिकाका तथा गर्मवतीका लागि नियमित खोप र ज्येष्ठ नागरिकहरुका लागि आवश्यक घरमै स्वास्थ्य सेवा प्रदान गर्ने ब्यवस्था मिलाउन हुन ।
८. जिल्लामै कोरोना परिक्षण ल्यावको स्थापना तथा जडान गरि क्वारेन्टाईनमा बसेका नागरिकहरुको स्याव परिक्षणका लागि तिव्रता प्रदान गर्नु पर्ने ।
९. लकडाउनका बखत कपिलवस्तुमा मात्रै १५ वटा बलत्कारका घटनाहरु घटेका, महिला हिंसाका घटनाहरु त्यत्तिकै बढिरहेको अवस्थामा विषेश निगरानी बढाउन हुन ।
१०. विभिन्न बस्तुहरुको नियमित आपुर्ती, वितरणको उचित ब्यवस्थापन गर्दै मूल्य बृद्धि र कालोबजारीलाई निरुस्ताहित गर्नका लागि विशेष अभियान संचालन गर्न
११. यस महामारी ब्यवस्थापनका लागि नागरिक संगठनहरु, राजनैतिक संगठनहरु, नीजि क्षेत्रलाई समेत आवश्यक समन्वय र सहकार्यको बातावरण तैयार पार्न हुुन ।
१२. कपिलवस्तु जिल्लाका बिभिन्न क्वारेन्टाईनहरुमा नागरिकहरुलाई भेडा, बाख्राजस्तै राखिएको छ यसरी कुनै पनि नागरिकले पाउनु पर्ने न्यूनतम आवश्यकता पुरा नहुनु, महिला, किशोरीहरुलाई सुरक्षा, संरक्षण र बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ नगरि स्वास्थ्य रक्षाका कार्यहरु गर्न
१३. जिल्लाको अधिकांस पालिकाहरुमा २०÷२५ दिन नागरिकहरु क्वारेन्टाईनमा बस्दा पनि स्वाब संकलन र परिक्षण नभएको घटना प्रति ध्यानाकर्षण गराउदै हामी तत्काल स्वाब संकलन र परिक्षणका लागि सम्बन्धित सरोकारवालाहरूलाइ जिम्मेवार हुन आग्रह गर्दछौं ।
१४. कपिलवस्तु जिल्ला आगामी जेठ २० गते सम्मलाई शिलगर्ने निर्णय गरिएको छ र मात्र हप्तामा ३ दिन २ घन्टामात्रै नागरिकलाई अति आवश्यक सामाग्री खरिद गर्न पसल खोल्ने भनि प्रशासनबाट सूचना जारी गरिएको छ । यसले थप भिडभाड हुने हुनाले संक्रमण बढ्न सक्ने भएकाले आवश्यक निर्णमा पुर्नविचार गर्न अपिल गर्दछौ ।
१५.कृषि कार्यको समय बित्दै गईरहेको छ अवस्थामा कृषकहरुका लागि मल, बिउँको नियमित आपूर्तिको ब्यवस्थापनका गर्न हुन तिन तहकै सरकारलाई अनुरोध गर्दछौ ।
१६. बिभिन्न पालिकाहरुले पिसिआर परिक्षणको लागि किटहरु खरिद गर्ने प्रकृयाहरु अपनाईरहेको अवस्थामा ल्यावको अभावमा नतिजाहरु नआईरहेको अवस्था छ यस परिस्थितीमा तत्काल जिल्लाका स्थानिय सरकारहरु समन्वय गरेर जिल्लामै ल्याव स्थापनाको लागि अनुरोध गर्दछौ ।
१७. जस्तो सुकै परिस्थितीमा नागरिकहरूको स्वास्थ्य समस्या प्रति सरकार संवेदनशिल रहनु पर्ने मान्यतामा अडिग रहदैं कपिलवस्तुका सबै क्वारेन्टाइनहरूमा मच्छड आंतक,गर्मी तथा लु लाग्ने मैसमलाइ ख्याल गर्दै स्वस्थ खानपान सहित उचित क्वारेन्टाईन ब्यवस्थापन निर्देशका र मापदण्ड कामय गर्ने बातावरण तैयार पार्न
१८. कोरोनामहामारी बिरूद्वको लडाइ केवल सरकारी संयन्त्र, प्राविधिकहरूको मात्र उत्तरदायित्व हैन भन्ने मान्यतामा विश्वास गर्दै प्रभावित नागरिकहरूको मानविय सेवामा समर्पित हुन समूदायका सबैलाई हार्दिक अपिल गर्दछौ ।
१९. उद्योग, व्यवसाय पुर्ण रुपमा बन्द भईहरेको अवस्थामा सामाजिक दुरी कायम राख्दै संचालनको व्यवस्थापन मिलाउन अनुरोध गर्दछौ ।

अपिलकर्ताहरु
रविन्द्रनाथ ठाकुर संयोजक शान्तिका लागि नागरिक संजाल
पोम नाराणय पौडेल केन्द्रिय उपाध्यक्ष मानव अधिकार एलाईन्स
प्रबिण श्रीवास्तव अध्यक्ष गैर सरकारी संस्था महासंघ
डिला राम भुषाल अध्यक्ष नेपाल पत्रका

धेरै कमेन्ट गरिएका