५ जेष्ठ २०८१, शनिबार

बिश्वकप २०२३: भारतसंग पाकिस्तान पराजित

एजेन्सी – “विश्वकप 2023: आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तान विरुद्ध भारतको अजेय रथ जारी छ। विश्वकप 2023 मा भारत र पाकिस्तान बीचको खेल शनिबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो। यो खेलमा, भारतीय टोलीले ३०.३ ओभरमा ७ विकेटले जित हात पारेको थियो ।

विश्वकपको इतिहासमा भारत र पाकिस्तानबीच अहिलेसम्म ८ खेल भइसकेका छन् । हरेक पटक भारतीय टोलीले जितेको छ । अर्थात् पाकिस्तानी टोलीले एकदिवसीय विश्वकपमा भारतविरुद्धको एक खेल पनि जित्न सकेको छैन । यसपटक बाबर आजमको कप्तानीमा जितको केही आशा थियो तर टोलीको अवस्था अपेक्षा विपरीत भयो ।

यस अघि पाकिस्तानले आज बिश्व कपमा भारत लाई १ सय ९१ रन झिनो लक्ष्य दिएको थियोे । अब भारतीय टोलीलाई खेल जित्न १९२ रनको सजिलै रूपमा प्राप्त गर्‍यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रनको इनिङ खेले । भने मोहम्मद रिजवानले ४९ रन बनाए । भारतका लागि फास्ट बलर मोहम्मद सिराज, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए ।

यी दुई चिर प्रतिद्वन्द्वी टोली यसअघि एकदिवसीय विश्वकपमा सात पटक आमनेसामने भएका छन् । सात पटक भारतीय टोलीले पाकिस्तानलाई नराम्रोसँग पराजित गरेको छ ।

दुई देशबीचको यो समग्रमा १३५ औं एकदिवसीय खेल हो । यसअघि दुई देशबीच १ सय ३४ खेल भइसकेका छन् । भारतले ५६ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ । विशेष कुरा के छ भने एकदिवसीय विश्वकप क्रिकेटमा जहिले पनि दुबै देश आमनेसामने भएका छन्, सातै पटक भारतले पाकिस्तानलाई नराम्रोसँग पराजित गरेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट