२३ बैशाख २०८१, आईतवार

इजरायलमा १० नेपालीको मृत्युमा भारतद्वारा दु:ख व्यक्त

काठमाडौं : भारतले इजरायलमा आतंकवादी हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन्।

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

धेरै कमेन्ट गरिएका