२३ बैशाख २०८१, आईतवार

श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्रीलाई नोबेल पुरस्कार

काठमाडौं : यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाको हार्वर्ड विश्वविद्यालयकी आर्थिक इतिहासकार प्राध्यापक क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने निर्णय गरिएको छ।

पुरुष र महिलाबीच विद्यमान पारिश्रमिक विभेदबारे गरेको अनुसन्धानका लागि उनले यो पुरस्कार जितेकी हुन्। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् भने कुनै पुरुष सहकर्मीसँग संयुक्त रूपमा नभई एक्लै पुरस्कार हात पार्ने प्रथम महिला हुन्।

गोल्डिनले गरेको अनुसन्धानले श्रम बजारमा विद्यमान लैंगिक विभेदलाई बुझ्न थप मद्दत पुर्याएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ । उनको अनुसन्धानले महिलाले पाउने पारिश्रमिकबारे पहिलोपटक विस्तृत विवरण दिनुका साथै शताब्दिऔंदेखि श्रम बजारमा विद्यमान महिलाको अवस्थाबारे बोध गराएको एकेडेमीले जनाएको छ ।

गोल्डिनको अध्ययनले पछिल्ला दशकमा महिला र पुरुषबीच विद्यमान पारिश्रमिकको अन्तरलाई कम गर्ने दिशामा प्रगति भए पनि यो विभेद छिटै पूर्ण रुपमा अन्त्य हुने सम्भावना नरहेको देखाएको छ ।

नोबेल पुरस्कारको राशि ११ लाख स्विडिस क्रोना अर्थात् करिब १० लाख अमेरिकी डलर रहेको छ ।

योे वर्ष कसले जिते

चिकित्साशास्त्र : कोभिड-१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मान

भौतिकशास्त्र : ुसूक्ष्म कालखण्डु पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए

रसायनशास्त्र : न्यानोटेक्नोलजीमा ुक्वान्टम डटु को खोजी र संश्लेषण गरेको हुनाले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभ

साहित्य : ूव्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्नेू नर्वेली लेखक यून फोसा

शान्ति : महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि इरानको जेलमा कैद नर्गिस मोहम्मदी

धेरै कमेन्ट गरिएका