२२ बैशाख २०८१, शनिबार

एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। सिरहाको धनगढीमाइ नगरपालिका–१४ अम्बासमा दिउँसो १२ बजे बैठक शुरु हुने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए।

उनका अनुसार बैठकका लागि अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट सिरहा जाँदैछन्। अन्य नेताहरु पुग्ने क्रममा छन्। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै संगठन सुढृढीकरणका लागि आगामी कार्यक्रम तय गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ।

यस्तै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने भट्टराईले बताए। यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो। ​

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन गरेको थियो। एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट