१४ बैशाख २०८१, शुक्रबार

तलब नपाएकाले शिक्षकहरु अान्दाेलित, स्वास्थ संस्थाहरुमा पनि अाैषधिकाे अभाव


मन्त्रालयले अटेरी गरेकाे नगरप्रमख शाहकाे अाराेप


सत्तारुढ पार्टीकाे उपमेयरलाई समेत बाईपास गरियाे
कपिलवस्तु , फल्गुण ११। विगत केही महिनादेखि जिल्लाकाे कृष्णनगर नगरपालिका कर्मचारी विहिन भएकाले तलब नपाएका शिक्षकहरु अान्दाेलन शुरु गरेका छन ।
अाज कृष्णनगर नगरपालिकाकाे कामकाज ठप्प पारेर नगरपालिका भित्रका कुल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध अान्दोलनमा उत्रिएका छन । नगरपालिका भित्रकाे शिक्षकहरुले नगरपालिका तालाबन्दी गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र समेत बुझाएका छन । चार चार महिनासम्म अाफ्ना बालबच्चालाई उधाउराे खुवाउंदै अाएका शिक्षक वर्गकाे मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक संघका नगर अध्यक्ष प्रह्लाद प्रसाद पाण्डेयकाे भनाई छ। तलब लगायत विद्यालय पुर्वाधार, खाजा ,छात्रवृत्ति लगायतका रकम निकासाकाे समस्या छिटै समाधान नभए नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गरि सडकमा उत्रिन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी गराउनुभयाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक सुचना गरेपनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी , उपभोक्ता समिति तथा अन्य याेजनाहरुकाे काम ठप्प रहेकाे नगरप्रमख रजतप्रताप शाहले बताउनुभयाे । मन्त्रालयलाई अाफ्नाे राजनितिका लागि दाउंपेचबाट चलाउन खाेज्ने केही स्थानिय नेताहरुका कारण कर्मचारी अाउन नसकेका र पांच महिनादेखि तलब खान नपाएका शिक्षकहरु अान्दाेलित हुनु स्वाभाविक रहेकाे नगरप्रमुख शाहकाे भनाई छ ।
सत्तापक्षकाे माअाेबादीबाट प्रदेश कै पहिलाे मुस्लिम महिला उपप्रमुख रहेकाे कृष्णनगर नगरपालिकामा साे दलकाे नेतृत्वमा रहेकाे मन्त्रालयले बाईपास गरेर गईरहेकाे उपप्रमुखका सल्लाहकार तुफेल खांकाे अाराेप छ। प्रशासकिय अधिकृत , लेखा अधिकृत लगायतका कर्मचारी नअाउदा नगरपालिकामा स्वास्थ संस्थामा अाैषधिकाे कमी हुनुका साथै नगरपालिकाकाे सम्पुर्ण याेजनाहरु ठप्प भएका छन । याेजनाहरु संचालनमा नअाउंदा बजेट फ्रिज हुने खतरा बढ्न सक्ने अनुमान छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट