२४ बैशाख २०८१, सोमबार

जमाल शाह अाफै प्रहरी समक्ष हाजिर भएका छन : पुर्वमन्त्री शाह


कपिलवस्तु , कार्तिक १६ । जमाल शाह अाफै जिल्ला प्रहरी कार्यालय हाजिर भएकाे काका अकबाल अहमद शाहले बताएका छन ।
जिल्लाकाे कृष्णनगरमा कार्तिक १४ गते लक्ष्मी मुर्ति विसर्जजकाे क्रममा भएकाे विवादपछिकाे घटनाप्रति दुख व्यक्त गर्दै बजारमा अमनचयन कायम गराउन तथा घटनाकाे वास्तविकता र सत्यतथ्य प्रशासन समक्ष बुझाउन निवेदन साथ न्यायकाे गुहारका लागि लक्ष्मी मुर्ति विसर्जनका अाराेपी बनाईएका जमाल शाह जिल्ला प्रहरी कार्यालय अाफै पुगेका शाहका काका पुर्व कृषिमन्त्री तथा राजपाका नेता अकबाल अहमद शाहले जानकारी गराएका छन । उनले कृष्णनगरकाे दुर्भाग्यपूर्ण घटनाप्रति दुख व्यक्त गर्दै बजारकाे शान्ति ,सदभावका लागि अाफै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हाजिर भएकाे पुर्वमन्त्री शाहले जानकारी गराएका छन। अन्य नेताहरुले धर्मकाे राजनिति गरेकाले जमाल शाहलाई फसाइएकाे मात्र हाे जबकी वास्तविकता अर्कै रहेकाे शाहले अाराेप लगाएका छन ।

धेरै कमेन्ट गरिएका