१४ बैशाख २०८१, शुक्रबार

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

काठमाडौं : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू महाभारतको अभिमन्यु नभएको लेखेका छन्।

उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

सर्वोच्चले नागरिकता खारेज गरेपछि लामिछानेका सम्पूर्ण पदहरू खारेज गरिदिएको थियो। गत आइतबार पुन: नागरिकता कायम गरेपछि उनी पार्टी सभापतिमा फर्किए पनि गृह मन्त्रालयमा फर्किने प्रयास भने सफल हुन सकेको छैन।

उनले गृहमा फर्कने प्रयास गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताउँदै आएका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट