१४ बैशाख २०८१, शुक्रबार

सभामुख महोदय फैसलाको हथौडा ठोकेर भनिदिनुस्, निर्दोष थारुहरुको लाल आयोग कहाँ छ: रञ्जिता श्रेष्ठ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले आफूलाई सडकदेखि सदनसम्म न्यायकै लागि पुर्याइएको बताएकी छिन् । उनले निर्दाेष थारुहरु थुनेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा आफूहरुको दुखेसो रहेको भन्दै उनले निर्दोष थारुहरुको बिना शर्त रिहाइ गर्न माग गरेकी छिन् ।

उनले उपसभामुखलाई विश्वासको मत दिँदा मन खुशी भएको भन्दै कारागारभित्र रहेका कैदीसँग प्रत्यक्ष सम्बन्धसमेत राख्ने भएको भन्दै उनले दोषी नभएर निर्दाेष पनि फसिएका भन्दै उपसभामुखले धेरै कुरा पनि गरेको बताएकी छिन् ।

‘जनमतको कदर गरौं, २०७४ मा चुनावमा हुँदा माननीय रेशम चौधरीज्यूले ३४ हजार ३ सय ४१ मत पाउनु भएको थियो र अहिले मलाई पनि त्यहीँ मत २०७९ को चुनावमा ३० हजार ४ सय ४ मत पाएकी छु,’ उनले भनिन् ।
यस्तै उनले सडकबाट उठाइएको आवाजलाई सुनिएनन् र अब सदनमा गएर बोल्नुस् भन्दै यो जनमत पाएको उनको भनाइ छ ।

उनले भनिन्, ‘सभामुख महोदय, फैसलाको हथौडा ठोकेर फेरि पनि भनिदिनुस्, निर्दोष थारुहरुका लागि निर्दोष हो भनेर बनाइएको लाल आयोग कहाँ छ, एकपटक पक्कै पनि खोजिदिनुहोस् भनेर भन्न चाहन्छु ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट