१४ बैशाख २०८१, शुक्रबार

भारतमा गहुँ उत्पादन बढ्ने

काठमाडौँ। भारतले आर्थिक वर्ष सन् २०२२/२३ मा ११ करोड २० लाख टन गहुँ उत्पादन हुने प्रक्षेपण गरेको छ । भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार अनुकूल मौसम र तुलनात्मक रुपमा यस वर्ष बढी क्षेत्रफलमा गहुँखेती गरिएका कारण भारतमा गहुँको उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो ।

यसअघि आर्थिक वर्ष सन् २०२१/२२ मा भारतमा गहुँको १० करोड ६८ लाख टन गहुँ उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षमा गहुँ उत्पादन हुने राज्यहरुमा आएको तापलहरका कारण गहुँको उत्पादन अपेक्षाअनुसार नभएको बताइएको छ ।

त्यसअघि आर्थिक वर्ष सन् २०२०/२१ मा भारतमा १० करोड ९५ लाख टन गहुँ उत्पादन भएको थियो । सामान्यतया भारतमा अक्टोबर महिनाबाट गहुँखेती सुरु भई मार्च अप्रिलमा अन्न भित्र्याइन्छ ।

पछिल्लो तथ्यांकअनुसार भारतको ३ करोड ३२ लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ । यसअघि अघिल्लो आर्थिक वर्षमा ३ करोड २९ लाख ८८ हजार हेक्टरमा गहुँखेती गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट