१५ बैशाख २०८१, शनिबार

नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरियोस : हिन्दू परिषद नेपाल

काठमाडौं, १८ पुष । हिन्दू परिषद नेपालका अध्यक्ष संतोषनन्द महाराजले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् ।

उनले देशमा धर्म निरपेक्षतासहितको संविधान लागु गरेपछि मात्र ओमकार परिवारका व्यक्तिसँग बदमासी र आस्था केन्द्रमाथि धावा बोल्ने कार्य भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मुलुकलाई धर्मनिरपेक्षता बनाईसँगै विश्वासामू रहेको नेपालीहरुको पहिचान पनि खोसिएको उनको टिप्पणी छ ।

उनले देशमा विद्यमान सबैखाले जातीय र धार्मिक आयोग खारेजीको पनि माग गरेका छन् । उनले राजनीतिक लाभ र हानीको कुरा उल्लेख गर्दै नातावाद र कृपावादलाई निषेध गर्दै क्षमतालाई नै अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

उनले मुलुकमा धर्म परिवर्तन बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो कार्य तत्काल बन्द गरिनुपर्ने माग गरेका छन् । उनले अघि सारेको अर्को महत्वपूर्ण मागमा हरेक जिल्लामा एउटा गुरुकुल र गौशाला सरकारीस्तरबाटै स्थापना गरिनुपर्ने पनि रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट