१५ बैशाख २०८१, शनिबार

बर्षौदेखि अलपत्र सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति कार्य सुरु

रौतहट, १५ पुस । सडक निर्माणभन्दा भएका सडक सुधार गर्न धेरै योजनाहरू बनाइएको छ। नगरलाई समृद्ध बनाउन सबभन्दा पहिला सडकमा जोड दिनु आवश्यकता देखिन्छ । बर्षौदेखि अलपत्र पालिका भित्र रहेका सबै वडामा मर्मत, स्तरोन्नति नभएर सहजरूपमा आवतजावत गर्न धेरै कठिनाइ भइरहेको छ । पुरानो र नयाँ दुबै किसिमको सडकलाई निर्माण गर्दै अगाडि बढ्न अहिलेको महत्त्व रहेको छ । पालिकाको विकासको मुख्य प्राथमिकता सडक हो जसले सबै कुरालाई सहज बनाउनेछ ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको मेयर बिनोद प्रसाद कुर्मी चुनावको जितेको ८ महिना पूरा हुन लागेको छ । यसै बिचमा लगभग १ दर्जनभन्दा बढी भौतिक निर्माण कार्यको शिलान्यास गरि अन्य कार्यहरूको लागि सम्बन्धित निकायमा पहल गरिरहेका छन् ।
समृद्ध नगर बनाउन तिर दिनरात लागिपरेका मेयर कुर्मीले आज बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहा टोल स्थित बिरेन्द्र राजमार्ग भन्दा पश्चिम धेरै पुरानो रूपमा रहेको ३० फिटको चौडाइ गर्दै सडकलाई आज ग्रेडर मेसिन आफै चलाएर मर्मत तथा निर्माण कार्य अगाडि बढाएका छन् । उनको अनुसार पालिकासँग पर्याप्त बजेट नहुँदा भने काम गर्न असहज भइरहेकोले यो सडकको स्तरोन्नति गरि यसबर्ष माटो राखी रोलर मसिनले पुरै च्यापेर ग्रेभल गर्ने योजना रहेको जानकारी दिनुभयो।

नयाँ सडक बनाउनु भन्दा यहाँ धेरै जिर्ण अवस्थामा रहेको बाटोहरूलाई मर्मत गर्ने मुख्य उदेश्य साथै स्तरोन्नतिमा बढी जोड दिइएको बताउनुभयो। उहाँका अनुसार बृन्दावन नगरपालिकाका सबैजसो सडक बिस्तार र व्यवस्थित छैन । सडक पूर्वाधार गतिलो नहुँदा नगरवासीले बाह्रै महिना सास्ती खेप्नु परिरहेको छ। विकास ओसार्ने मुख्य माध्यम सडक नै भएकाले पनि पालिकाले यसलाई प्राथमिकतामा राखेको जनाएको छ। नागरिकको सहजताका लागि भरपर्दो सडक पूर्वाधार निर्माणमा जोड दिइएको मेयर कुर्मीको भनाइ छ।

बर्षौ देखि जिर्ण रहेको हर्साहा चौक देखि पश्चिम जाने सडकको मेयर कुर्मीले आफ्नो बिशेष पहलमा सडक बोर्ड नेपालबाट सडक स्तरोन्नति गर्न ल्याइएको योजना कार्यलाई आज सुचारु गराएका छन् । पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पुर्‍याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको उने दाबी गरे ।
पालिकामा अघिल्लो कार्यकालमा धमाधम खनिएका सडक गुणस्तरीय छैनन्। प्राविधिकको सल्लाहबिना नै जथाभावी खनिएका सडक थुप्रै छन्। कच्ची र जोखिमपूर्ण सडकले सास्ती हुन थालेपछि अहिले नागरिकस्तरबाट पनि गुणस्तरीय बाटो निर्माणको माग गर्न थालिएको छ।

धमाधम खोलिएका सडकले दुर्घटना हुन थालेपछि सडक स्तरोन्नतिको माग धेरै आउने गरेको जनप्रतिनिधि बताउँछन्। बृन्दावन नगरपालिका जिल्लाका अन्य पालिकाको तुलनामा भौतिक पूर्वाधारमा पछाडि छ। यहाँ सबैभन्दा धेरै सडक निर्माण र स्तरोन्नतिको माग हुने गरेको मेयर कुर्मीले बताउनुभयो।

मेयर कुर्मीले भन्नुभयो, “सडक सुधार विस्तारमा पालिकाले ठूलो लगानी गर्दै छ। खासगरी कच्ची र जीर्ण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने योजनासहित कामहरू भइरहेका छन्।” यो वर्ष सडक स्तरोन्नतिका कार्यक्रमका यसको बिच-बिचमा बर्षाको पानी वा सिचाइ नहरक‍ो पानी निस्किन ३ किलोमिटरको दूरीमा बनिरहेको सडकको ६ ठाउँमा आफ्नो निजी प‌ैसाले होमपाईप समेत लगाइरहेको उहाँले बताएका छन् ।

सडक बोर्ड नेपाल केन्द्रीय कार्यालयबाट ३० लाख र स्थानीय पालिकाक‍ो साझेदारीमा ३० प्रतिशत लगानी गरि ३ किलोमिटर सम्म बिस्तार गरि माटो पुरी ग्रेभल कार्य हुन उनलेे बताए ।
बर्षौ देखि अलपत्र सडक बन्न सुरु भएसँगै स्थानीयहरू हर्षित भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट