२३ बैशाख २०८१, आईतवार

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोग

महोत्तरी घटनामा बालबालिकाको दुरपयोग भयो

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् |

ओरेक-नेपाल द्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताएका छन् | अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिदै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुन् बित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिन पछी सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताएका छन् |

अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरपयोग समेत भएको बताउदै आयोग बाट छिटै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिएका छन् |

अध्यक्ष डा.दत्तले आफु पनि सो घटनामा विशेष ध्यान दिएको र आफै पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुख लाई फास्ट ट्रयाक बाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराएका छन् |

सो कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगयातका संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो |

धेरै कमेन्ट गरिएका