१५ बैशाख २०८१, शनिबार

भवन निर्माणमा पचास लाख दिने सांसद शाहकाे प्रतिवद्धता


उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्यले एकैसाथ गरे शपथ ग्रहण


कपिलवस्तु ,साउन १० । उद्योग बाणिज्य संघ कृष्णनगरका नवनिर्वाचित पदाधिकारीहरुले राम कुमार गुप्ताकाे नेतृत्वमा पद तथा गाेपनियताकाे शपथ लिएका छन ।
प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता अाेमप्रकाश अर्यालकाे अध्यक्षतामा अाज प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे शपथ खुवाउनु भएकाे थियाे । नवनिर्वाचित पदाधिकारीहरमा अध्यक्ष राम कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष नसिब हुसेन , उपाध्यक्ष रविन्द्र गुप्ता, महासचिव घनश्यामदास अग्रवाल , सचिव पंकज गुप्ता, काेषाध्यक्ष युवराज पाेख्रेल लगायत कार्यसमिति सदस्यहरुले एकैसाथ शपथ लिएका छन। कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद मा. अभिषेक प्रताप शाहले व्यापारीहरुकाे समास्या समाधानका लागि अाफु चाैबिस घण्टा साताै दिन साथ रहने बताए । सांसद शाहले अार्थिक बर्ष ०७६/०७७ मा उद्योग वाणिज्य संघकाे भवन तल्ला थपका लागि नयाकार्यसमितिलाई संसदीय बजेटबाट पचास लाख दिनेे प्रतिवद्धता समेत गरेका गर्नुभयाे ।
वरिष्ठ उपाध्यक्ष नसिब हुसेनले संचालनमा सम्पन्न भएकाे शपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य विरेन्द्र कनाेडिया , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, चन्द्राैटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेद अलि मिया,सरकारी तथा गैरसरकारी सरकारी संघसंस्था प्रतिनिधि, सुरक्षा निकाय तथा स्थानीय व्यापारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट