१४ बैशाख २०८१, शुक्रबार

कृष्णनगरकाे बिकास देखेर विराेधीहरुलाई पचेनः शाह


अनियमितता भएकाे कुरा भ्रम सृजना गर्ने प्राेगाण्डामात्र हाे ।

अंकुश श्रीवास्तव / कपिलवस्तु जेठ १६,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विराेधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्याेहाेरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाउनु भएको छ ।
केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानिय केही नेताहरु नकारात्मक प्रचार गरि नगरापालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई हतास बनाउने प्रयास गर्दै अाएकाे बताउनु भयो ।
कृष्णनगर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै शाहले यस क्षेत्रका केही ठुलाबाडाले केही अनलाइनमा भ्रामक समाचार लेख्न लगाई नगरपालिकामा प्रापोगण्डा मच्चाउन खोजेको आरोप लगाउनु भयो ।
विभिन्न वहानमा आफु र नगरपालिकाका कर्मचारीहरुलाई लक्षित गरी गलत समाचार प्रकाशन हुदै आएकोले सत्य तथ्य पत्ता लगाउन समिति बनाई अनुुसान्धन थल्ने नगर प्रमुख शाहको भनाई रहेको छ ।

त्यस्तै कृष्णनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख शाकिर अहमद शाहले आफुलाई भारतीय नागरिक भनेर आएको समाचारको खण्डन गर्नु भएको छ । केही व्यक्तीले भारतमा गई मेरो फोटो भारतको निर्वाचन नामावलीमा नाम दर्ता गरी बदनाम गर्न खोजेको बताउनु भयो । भारतको भोटलिष्टमा मेरो नाम लेखाउने व्यक्ती नेपालकै केही ठुलाबडा रहेको उहाले आरोप भयो । शाकिर शाहले भारतको निर्वाचन आयोगमा लेखाइएको नाम हटाउन र अाफु निर्वाचन मा भाग नलिएकाे नाेटरी संचारकर्मीहरुलाई देखाउदै भारतका एसडिएमले प्रमाणित गरेकाे पत्र नगरपालिकामा बुझाईसकेकाे बताउनु भयो ।

कृष्णनगर नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नगर प्रमुख रजत प्रताप शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । भारतीय लोकसभा निर्वाचनको दिन शाखा प्रमुख शाकिर अहमद शाह कार्यालयमै हाजिर भई दिनभरी काम गरेको भन्दै त्यस्को प्रमाण स्वरुप सिसिटीभि क्यामराको फुटेज र कर्मचारी हाजिरी रहेको उल्लेख गरिएको छ । नगर प्रमुख शाहले भ्रामक समाचारको पछी नलागी बिकास कार्यमा सबैले सहयाेग गर्न अनुरोध गर्नु भएको छ । यदपी नगर प्रमुख शाह र प्रशासन शाखा प्रमुख शाहले ठुलाबडा भन्नेको नाम भने खुलाउन चहानु भएन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट