१४ बैशाख २०८१, शुक्रबार

माेदी को जीतमा नेपाली खुशी


कमलेश चन्द्र गुप्ता
कृष्णनगर ।
मित्र राष्ट भारतमा लोकसभा चुनाव २०१९मा नरेन्द्र मोदी को जीत पछि नेपालको जनता पनि धेरै खुशी र उत्साहित रहेका छन।

भारतीय लोकसभा चुनाव मा भारतीय जनता पार्टिले बहुमत ल्याई ऐतिहासिक जीत हासिल गरे पछि नेपालको जनतामा धेरै खुशी र उत्साहित रहे का छन। नरेन्द्र माेदी भारतीय प्रधानमन्त्री मात्र नभई दक्षिण एशिया प्रतिनिधित्व गर्ने ग्लाेबल लिडर भएका कारणले हिजो आएको लोकसभा चुनावको नतीजा पछि कपिलवस्तुको कृष्णनगर, बहादुरगंज, भिल्मीमा जीत जश्न मनाइएका छ। जश्नमा स्थानियको जोस मोदी प्रति अति नै उमडेको को थियो। बिजयी जशनमा भीड़ बाक्लो रहे थियो भने कुरा स्थानीय नुवासी दीप कुमार यादवले बताएको छन। बिजयी जश्नमा पड़का पटकाई मिठाई बितरण भएको कुरा रबिन्द्र शर्माले बताये।
लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार ५४३मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५३ सिटमा जित हात पारेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जित हात पार्दा उ नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ९२ सिटमा जित हात पारेको छ भने अन्यको खातामा मात्र ९७सीट गएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट