२२ बैशाख २०८१, शनिबार

चीनमा खडेरी देखा पर्ने चेतावनी

काठमाडौँ । अनुसन्धानकर्ताहरुले चीनमा आगामी केही वर्षभित्र खडेरीको समस्या देखा पर्ने चेतावनी दिएका छन् । चीनको सिङ्गुवा विश्वविद्यालय तथा अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनपछि जारी प्रतिवेदनमा चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी दिइएको हो ।

चीनले कार्बन उत्सर्जनमा कटौती नगरेको खण्डमा आगामी केही वर्षभित्र पानीको हाहाकार देखिने र यसले सामाजिक–आर्थिक अवस्थामा नै नकारात्मक असर पर्ने अनुसन्धानकर्ताहरुले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको दक्षिणपश्चिममा रहेको चोङचिङ क्षेत्रका ३४ काउन्टीका झण्डै ६६ नदीहरु सुक्दै गएका छन् । यसका कारण १० जिल्लामा अन्नबाली नराम्ररी प्रभावित भएका छन् ।

तापलहरका कारण सुख्खाग्रस्त क्षेत्रका १५ सय मानिसहरु विस्थापित बन्न बाध्य भएका छन् । उक्त अध्ययनका अनुसार सन् २०१९ देखि सन् २०२१ सम्म चीनको कार्बन उत्सर्जन ७५० मेट्रिक टनले वृद्धि भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट