२२ बैशाख २०८१, शनिबार

हिन्दू महिलामाथि दुर्व्यवहार गरेपछि पाकिस्तानमा प्रदर्शन

काठमाडौँ । हिन्दू महिलामाथि दुर्व्यवहार गरिएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । चोरीको आरोप लागेकी हिन्दू महिलामाथि दुव्र्यवहार भएको भन्दै पाकिस्तानका अल्पसङ्ख्यकले प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानको भवलपुर सहरमा महिलामाथि चोरीको बहानामा दुव्र्यवहार गरिएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीले सहरको जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको जनाइएको छ ।
घरेलु कामदारका रुपमा कार्यरत ती महिलालाई स्थानीयहरुले उनको घरभित्रै प्रवेश गरी दुव्र्यवहार गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

अज्ञात व्यक्तिहरुको आक्रमणको सिकार बनेकी उनलाई उपचारार्थ स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । यद्यपि चिकित्सकले उनको उपचार गर्न अस्वीकार गरेको र मेडिकल सर्टिफिकेट पनि नदिइएको जनाइएको छ । प्रदशनकारीहरुले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट