२२ बैशाख २०८१, शनिबार

सीसीपीको बीसौं महाधिवेशन: सेना अझै शक्तिशाली बनाउनेदेखि ताइवान एकता सीको प्रतिबद्धता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले दशकमा दोस्रो २० औं महाधिवेशन गरेको छ । महाधिवेशनमा सीसीपीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले सेनाले अझैं बलियो बनाउने वाचा, शून्य कोभिड नीतिको बचाउ र ताइवानलाई मुख्यभूमिमा फिर्ता ल्याउन बल प्रयोग गर्ने विषयलाई केन्द्रमा राखेका छन् ।

हप्तादिन सम्म चल्ने महाधिवेसनमा महासचिव सी तेस्रो कार्यकालका लागि नियुक्त हुने ठानिएको छ । यससँगै सी सीसीपीको संस्थापक माओ जेदुङपछिकै शक्तिशाली नेता बन्ने छन् ।

महाधिवेशनको उद्घाटन सम्बोधनमा सीले विगतका पाँच वर्षमा हात पारेका उपब्धि र सेनाले विश्वस्तरीय बनाउने लगायतका आधुनिकरणका लक्ष्यहरुबारे प्रकाश पारेका छन् ।

‘चिनियाँ राष्ट्रको कायाकल्प एक अपरिवर्तनीय, ऐतिहासिक पाठ्यक्रम हो,’ उनले बेइजिङको मध्यभागमा रहेको तियानमेन स्क्वायरलाई हेर्ने ग्रेट हल अफ द पिपुलमा आयोजित उद्घाटन समारोहमा उपस्थित २,००० भन्दा बढी प्रतिनिधिहरूका सामुन्ने बोल्दै भनेका छन् ।

उनले यस कायाकल्पलाई अघि बढाउन सैन्य र प्रविधिको विकासलाई तीव्रता दिन आह्वान गरेका छन् । यस्तै उनले संयुक्त राज्य अमेरिकापछि विश्वको दोस्रो ठूलो सेना जनमुक्ति सेनाले ‘चीनको गरिमा र मुख्य हितहरूको रक्षा गर्न’ आवश्यक रहेको बताए।

‘हामी सैन्य सिद्धान्त, कर्मचारी र हतियारको आधुनिकीकरण गर्न छिटो काम गर्नेछौं,’ सीले झण्डै दुई घण्टाको भाषणमा भनेका छन् । यसक्रममा मास्क लगाएका प्रतिनिधिहरूले तालि बजाएका थिए सीले अघि भनेका छन्, ‘हामी सेनाको रणनीतिक क्षमता अभिवृद्धि गर्नेछौं ।’

चिनियाँ नेता सीले हङकङमा ‘अराजकता’ भनेर वर्णन गरेको अन्त्यको पनि प्रशंसा गरेका छन् । त्यहाँ प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूमाथि भएको कडा र व्यापक क्र्याकडाउनलाई लिएर पश्चिमी सरकारहरुले आलोचना गरेका थिए ।

‘हङकङको अवस्थाले अराजकताबाट शासनमा ठूलो संक्रमण हासिल गरेको छ,’ उनले स्वशासित टापु ताइवानमा ‘पृथकता र हस्तक्षेपको बिरूद्ध ठूलो संघर्ष’ गर्ने वाचा समेत गरेका छन् ।

‘ताइवान मुद्दा… चिनियाँ जनताले एक्लै समाधान गर्नुपर्छ’, सीले बेइजिङले आफ्नो दाबी गर्ने टापुको मामिलामा ‘बाह्य शक्तिहरू’को हस्तक्षेपको निन्दा गरेका छन् ।

‘हामी सबैभन्दा ठूलो इमानदारी र ठूलो प्रयासका साथ शान्तिपूर्ण पुनर्मिलनको सम्भावनाको लागि प्रयास गर्ने पक्षमा छौं, तर बलको प्रयोगलाई त्याग्न कहिल्यै प्रतिबद्ध छैनौं र सबै आवश्यक उपायहरू गर्ने विकल्प सुरक्षित राख्नेछौं,’ उनले भनेका छन् ।

सीले यस महाधिवेशनमा ७३ पटक सुरक्षा शब्द बोलेका छन् जुन सन् २०१७ को पार्टी महाधिवेसनका बेला ५५ पटक उच्चारण गरेका थिए । टेलिभिजनबाट प्रशारित भाषणमा सीले १६ पटक सुधार शब्द बोलेका छन् जुन अघिल्लो महाधिवेसनको भाषणमा ७० पटक बोलेका थिए ।

शून्य कोभिड नीतिको समेत सीले बचाउ गरेका छन् । चिनियाँ सरकारले ‘जनताको सुरक्षा र स्वास्थ्यको उच्चतम स्तरमा संरक्षण गरेको छ,’ उनले भनेका छन्, र ‘महामारी रोकथाम र नियन्त्रण एवं सामाजिक र आर्थिक विकासको समन्वयमा महत्वपूर्ण सकारात्मक परिणाम हासिल गरेको छ।’

यस्तै सीले ९ करोड ६० लाख सदस्य भएको कम्युनिष्ट पार्टीले ‘मानव इतिहासमा गरिबीविरुद्धको सबैभन्दा ठूलो लडाइँ जितेको’ र भ्रष्टाचारविरुद्धको लामो समयदेखि चलिरहेको कारबाहीले पार्टी र सेनाभित्रका ‘गम्भीर लुकेका खतराहरू’ अन्त्य भएकोसमेत बताएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट