२३ बैशाख २०८१, आईतवार

माघी पर्वले सदभाव र भाइचाराको सम्वन्ध स्थापित गरेको छ : सांसद शाह

सनिउल्ला धोबी, कपिलवस्तु पुष २९,
कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहले थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वले समुदायमा सदभाव र भाइचाराको सम्वन्ध स्थापित गरेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ९ भगवानपुर दुसरा माघी मिलन साँस्कृतिक महोत्सवको उदघाटन गर्दै सांसद शाहले थारु समुदायको वाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पहिचान जोगाउन एक जुट भएर लाग्नुपर्ने बताउनु भयो । सांसद शाहले थारु समुदायका कला सस्कृति संरक्षण गर्न मेला महोत्सव आयोजना गर्नुपर्ने वताए । समुदायको हक हितको लागी संसद देखी स्थानिय तह सम्म समन्वय गर्नुपर्ने उहाले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा थारु पहिचान झल्कने सामाग्री सजाएर राखीएकोमा खुसी व्यक्त गरिन । पछिल्लो समयमा थारु सामग्रीहरु लोप हुदै गएको भन्दै संरक्षण गर्न जरुरी रहेको वताईन ।
कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा दुसरा माघी मिलन साँस्कृतिक महोत्सव आइतवादेखी सुरु भएको छ । हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान भन्ने मुल नारा सहित दुसर माघी मिलन साँस्कृतिक महोत्सव आयोजना गरिएको वताइएको छ । कार्यक्रममा थारु कला सस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातीले खाने परिकारको स्टल, थारु नाच,माघि नाच,मयुर नाचको प्रस्तुती रहने महोत्सवका संयोजक माया थारुले वताईन । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि सो महोत्सव आयोजना गरिएको थारुको भनाई छ ।

महोत्सवमा थारु सामाग्रीहरु कखा,डोकनी,पिर्का , मचिया, ढकिया, धडिया,छतरि,हर जोठा सजाएर राखिएको थियो । खाना परिकारमा खिचरी,गागंटा,मिठौरी,खरिया ,ढकरि, सिन्की लगाएतका खाना परिकार पनि राखीएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीहरु रहने आयोजकको भनाई रहेको छ । गायक श्री निवास चौधरी, अन्नु थारु, गायक, सरगाम चौधरी, सिमान्त चौधरी, रमेश मिसन चौधरी, रन्जित चौधरी र उत्तम थारु मोडल सुनिता दहित, समीक्षा चौधरी लगायतको कलाकार रहने मिडिया संयोजक राम अवतार थारुले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका