२२ बैशाख २०८१, शनिबार

इप्रका गणेशपुरद्वारा सर्बसाधारणलाई ऎन पहुँचवालालाई छैन 

निरहु यादव ,बहादूरगंज,२८पौष
इलाका प्रहरी कार्यलय गणेशपुरद्वारा ब्यक्ति अनुसार फरकफरक नियम लगाउदा पहुँच नभएका सर्बसाधारण मोटरसाइकल तथा सवारी चालकहरु सास्ती भोग्नुपरेको छ ।गाउँ टोलमा १/२ किलोमिटर आवतजावत गर्दा कागज साथमा नलाग्दा दण्डित हुने गरेका छन ।केही दिन देखि सवारी साधनको चेक जाँच क्रम बढाए पछि सो क्षेत्रका चालकहरू सचेत तथा सावधान हुने गरेको भए पनि सोही प्रहरीकै अन्य पहुँचवालासँग को ब्यवहार हेरेपछि स्थानीय सर्बसाधारणहरु दुःखित हुने गरेका छन । जनताको करबाट संचालन भएको स्थानीय तह र त्यसका प्रतिनिधि तथा कर्मचारीहरुले बिना अनुमतिपत्र , कार्य क्षेत्र बाहिर , ब्यक्तिगत प्रयोजनका जे जतिसुकै जुनसुकै सवारी साधन प्रयोग गरेपनि कुनै पनि कारबाही नगर्नु लोकतन्त्रको खिल्ली उडाएको छ । ट्राफिक प्रहरी कृष्णनगरका अनुसार अहिलेसम्म कृष्णनगर ट्राफिक प्रहरीको कमान्डभित्र कुनै पनि सरकारी ( सेतो प्लेट ) सवारीसाधन लाई नसमातिएको छ न कारवाही गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट