१४ बैशाख २०८१, शुक्रबार

एघार बर्षपछी नेपाल आर्दश वहुमुखीको प्रथम क्याम्पस सभा

nepal adrash multipal cumpus
saniulla kapilvastu

सनिउल्ला धोबी, कपिलवस्तु, पुष १४,,स्थापन भएको एघार बर्षपछी कपिलवस्तुको शिवराज नगरापालिका १ शिवपुरमा रहेको नेपाल आर्दश वहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा सुरु भएको छ । स्थापना कालदेखि हुन नसकेको सभा एक भव्य कार्यक्रम आयोजना गरि उद्धघाटन गरिएको छ । सभाको उद्धघाटन सत्रमा वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले क्याम्पसलाई व्यावस्थित रुपमा संचालन गर्नुपर्ने जनाउनुभयो । शिक्षा आर्जन गर्ने स्थानमा राजनिति नगर्ने समेत संसाद केसीले आग्रह गरेको छन ।जिल्लाको पश्चिमि क्षेत्रमा रहेको सवैभन्दा ठुलो क्यापसमा ११ वर्ष सम्म सभा तथा अधिवेशन हुन नसक्नु दुखद कुरा रहेको वताउनुभयो । राज्यले शिक्षा अध्यादेश जारी गरिरहेको बेला क्याम्पसमा २ सय जना विद्यार्थी नहुनु समितिको व्यावस्थापनमा फितलो भएको जनाउनुभयो । सरकारले २ सय जना विद्यार्थी नपुगेका क्यापसलाई बन्द गर्ने योजना अघि सारेकोले क्यापसको यस्तो अवस्था रहेमा बन्द हुन सक्ने वताउनुभयो । यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्ने वाहिर जानेहरुको सख्या वढिरहेकोले त्यसमा ध्यान जान जरुरी रहेको वताउनुभयो । सांसद केसी अब आउने नेतृत्वले क्यापस प्रदेशकै नमुना बनाउने योजनाका साथ आउनुपर्नेमा सचेत गराउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले प्रविधिक तथा अन्य समस्याका कारण लामो समय सम्म सभा गराउन नसकेको जनाउनु भयो । क्याम्पस समितिले स्नाकोत्तर संचालनको लागी महायज्ञ संचालन गरेर करोडौ रकम संकलन गरेको जनाए ।केहि रकम उठन बाकी रहेको वताउदै आगामी योजनामा पा्रथमिकतामा राखेको वताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगद जिसी ,शिवराज नगरपालिका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराज समाजसेवी लंक हमाल,प्रेम वहादुर रायमाझी लगाएतले शिक्षा आजको आवश्यक्ता रहेको क्याम्पसलाई ब्यावस्थीत बनाएर संचालन गर्नुपर्ने जनाए

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट