१४ बैशाख २०८१, शुक्रबार

मधेशकाे माग सम्बाेधन गराउन सरकारमा गएकाे : मन्त्री राई

कपिलबस्तु , साउन ११ । मधेशका माग सम्बाेधन गराउनकै लागि सरकारमा गईएकाे फाेरम नेता एवं  सहरी  बिकास    मन्त्री ईस्तियाक राईले बताएका छन।
अाज कार्यकर्ता प्रशिक्षणमा कपिलबस्तु अाएका संघीय समाजबादी फाेरम नेपालका सचिव तथा सहरी बिकास मन्त्री माेहम्मद ईस्तियाक राई पार्टी कै नेता अकरम पठान काे नया पेट्राेल पम्प उद्घाटन समाराेहमा पुगेर साे वक्तव्य दिएका छन । उनले मातृभाषा अवधिमा भाषण गर्दै मधेश अान्दाेलनबाट पाएकाे उपलब्धिलाई गुमाउनु भन्दा त्यसलाई संस्थागत गर्न हाम्राे पार्टी सरकारमा गएकाे हाे साथै वहांले सरकारमै रहेर मधेशका मुद्दाहरु संशाेधन गर्दै लैजाने स्पष्टाेक्ति गर्नुभयाे ।
जिल्लाकाे कृष्णनगरमा अायाेजित केएसके ग्रुपकाे रजत जयन्ती तथा दृटान्त पेट्राेल पम्प उद्घाटनमा ससफाेनेका नेता सहसराम यादव , महराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खां ,मायादेवी देवी गाउंपालिका अध्यक्ष बजरंगी यादव कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह सरदार लगायत समाजसेवी ब्रहमानन्द उपाध्याय , अकिल मियां ,समेत पेट्रोल पम्प व्यावसायी ,विभिन्न संघसंस्थाका पदाधिकारी एवं सर्वासाधारणकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट