१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुको ५ घरमा चोरी ।।

सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं १ को बगहिया गााउमा गएराती चोरी भएको छ । राती करिब २ बजेको समयमा अज्ञात समुहले बगहियाको ६ घरमा चोरी भएको हो ।
बगहियाका राम मिलन पासीको घरमा सामान सहित ६० हजारको गरगहना चोरी भएको स्थानिय बृजेश कुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै राम चरन पासीको घरबाट १५ हजार बराबरको गरगहना, पञ्चम पासी, रामेश चौधरी र शत्रुघन चौधरीको घरमा चोरी भएको हो । चोरहरुले नगद र गरगहना चोरेको बताइएको छ ।
राती शौचलय गर्न उठेपछी चोरी भएको थाहा पएपछी स्थानियहरु रातभर जग्राम बसेका थिए । चोरहरुको समुहले रातीको समयमा सबै सुतेको मौका छोपी चोरेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । चोरहरुको खोजीकार्य जारी रहेको बताईएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट