१४ बैशाख २०८१, शुक्रबार

वर्दिया रेडक्रस सभापतिमा पुनः गौतम निर्विराेध

२०७४ फागुन २७/ वर्दिया ।
नेपाल रेडक्रस सोसाइटी वर्दिया जिल्ला शाखाको ३५ औ जिल्ला अधिवेसनले पुनः कृष्ण प्रसाद गौतमलाई समापतिमा निविरोध चयन गरेको छ । फागुन २५ र २६ गते भएको अधिवेसनले  आगामी ४ वर्षका लागि गौतमलाइ निविर्रोध निर्वाचित गरेको हो ।
अधिवेसनले जिल्ला कार्यसमितिमा १२ सदस्य समेत निर्वाचित गरेको छ । निर्वाचित हुने सदस्यहरुमा राम चन्द्र थापा,अशोक प्रसाद सिग्देल,जनक वहादुर वुढा, चक्र वहादुर थापा, सुनिता खड्का, अर्जुन सुवेदी,गणेश अर्याल, गोविन्द प्रसाद शर्मा, नवराज ढुङ्गाना, महेशचन्द्र गौतम, प्रभुराम थारु,खेमप्रसाद पौडेल रहेका छन् ।
यस अघि अधिवेसनको उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा वोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष अजितकुमार शर्माले रेडक्रसकर्मीको भुमिका दिनानुदिन झनै महत्व वढेको वताउदै राज्यको पुनसरचनाअनुसार रेडक्रसले पनि आफ्नो सरचना त्यसै अनुसार  वनाउदै जान थालेको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा  रेडक्रसका केन्द्रिय सदस्य एवम् निवार्चन अधिकारी तिलक वहादुर मल्ल, वाके शाखा सभापति गोवर्धन सिह सम्झनालगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा ढोढरी उपशाखाको आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस वर्दियाको २०७३/०७४ मा भएका गतिविधिलाई  अनुमोदन गर्नुका साथै आगामी एक वर्षको कार्यक्रमको योजनालाई समेत अनुमोदन गरेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट