१४ बैशाख २०८१, शुक्रबार

कहिलेसम्म प्रष्टीकरण ,म नेपाली कि भारतीय ?…..

-अधिवक्ता दिपेन्द्र झां

अाज ललितपुरमा विहान ९ वजेको समय म वाथरुममा नुहाउन भर्खर पसेको थिएँ । छोरी दिया स्कुल छुट्टी भएकोले कम्पाउन्ड अगाडि खुला ठाउँमा अन्य बालबालिकासँग खेलि रहेकी थिई । ठीक त्यही समयमा सुटुबुट लगाएका ३० बर्षका हराहरीका ३ जना युवाहरु त्यही बाटोवाट क्रस गर्दै थिए । त्यस तीन जना युवा मध्ये एकजनाले मेरी छोरीलाई सोधे छ, तिमी इन्डियन हो की नेपाली? छोरीले सिधा उत्तर दिइछ, म नेपाली हो । ती मान्छेहरु त्यती सोधेर अगाडि बढेछ ।

छोरी दिया कम्पाउन्डमा माथि उकलेर, बाथरुमको ढोका ढकढक गर्दै भनी, ड्याडी मलाई ती सडकमा जाने तीन जना दाइले तिमी नेपाली हो की इन्डीयन भनेर सोधे । यो कुरा सुनेपछि, म वाथरुम ननहुाइ फेरि लुगा लागाएर ती तीन जना युवाहरुलाई खोज्न दौडे । तिनीहरु थोरै अगाडि गएकाृ हुँदा मैले तिनीहरुलाई प्रतिप्रशन गर्न पाएँ । मेरो छोरीलाई इन्डियन हो की नेपाली भनेर तिमीले किन सोधेको? उसले मलाई भद्रपूर्वक उत्तर दियो, लुक इन्डियन जस्तो भएर । मैले त्यसपछि उसलाई सोधे तिमी कति पढेका छौ, उसले उत्तर दियो व्याचलर । मैले त्यस पछि उसलाई भने व्याचलर पढेको मान्छेलाई नेपाल के हो भने थाह छैन । नेपालीको परिभाषा थाह छैन ।

लुकको आधरमा प्रश्न सोधने, तिमी इन्डियन हो की नेपाली । मैले उसलाई भने, How dare you ask such nonsense question to a kid playing on the road उसले मेरो कन्चट तातेको देखेपछि, मेरी छोरीसंग I am sorry भनेर माफी माग्यो र गयो । मधेशीसंँग कुनै समस्या छैन भन्नेलाई वताइ दिनुुस, म त जीवनभर म नेपाली कि भारतीय हो भनेर प्रष्टीकरण दिदै हिंडे तर मेरा छोरीहरुले पनि यो प्रष्टीकरण जीवनभर दिनुपर्ने भयो । कृपया उत्रर दिनुहोला कि हामी नेपाली हो की इन्डियन ।              यसकारण म कटिबद्ध छु र बचनबद्ध छु कि नेपाली हुनका लागि पाहाडी मात्र जनाउने परिभाषालाई परिवर्तन गरेर छाड्छु र नेपालीको परिभाषालाई दोषपूर्ण बनाउने हरेक संरचनालाई पनि भत्काएर छोडछु । बनाउँ छु देशको नँया परिभाषा जँहा मेराी छोरीलाई पुन कसैले नेपाली हो की इन्डियन भनी सोध्ने दुस्साहस नगरोस् ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट