५ जेष्ठ २०८१, शनिबार

सामाजिक सवालमा समुदायका ब्यक्ति र संचारकर्मी बिच अन्तरक्रिया

कपिलवस्तु –कपिलवस्तुको यशोधरा गाउपालिकाको मर्यादपुरमा सामाजिक सवालमा समुदायका ब्यक्ति र संचारकर्मी बिच अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा समुदायस्तरबाट आएका महिलाहरुले आफुहरुलाई वडा र पालिकास्तरबाट गरिने कुनै पनि कार्यक्रम बारे जानकारी नदिएको भन्दै गुासो गरे ।

उनीहरुले आर्थिक अभावले गर्दा आफना छोरा छोरीहरुलाई पढाउन समेत मुस्लिम परेको बताए । पालिकाको वडा नम्बर ८ मधुनगराकी आत्मनिर्भर समुहकी सदस्य सुन्दरी थारुले बिपन्नता र आर्थिक अभावले आफुहरु मारमा परको बताईन । ‘ कुनै सिप र राजगारी नहुदा हामी घर भित्र कै काममा सिमित हुन पुगेका छौ ’ उनले भनिन । आर्थिक अभावले जेनतेन मेजदुरी गरेर परिवारको पेट पाल्दै आए पनि छोराछोरीहरुलाई पढाउन भने मुस्किल परेको बताईन । उनले दलित सामाजिक विकास केन्द्रले गठन गरेको आत्मनिर्भर समुहमा बचत गरेको रकमले भने केही भए पनि राहत मिलेको उनले बताईन ।

वडा नम्बर ८ कै आत्मनिर्भर समुहकी सरिता यादवले वडा र पालिकाले गर्ने विकास र सिपमुलक तालिममा आफुहरुलाई कुनै जानकारी नगराएको बताईन । वडा नम्बर ४ की लक्ष्मी आत्मनिर्भर समुहकी निर्मला रैदासले गरिबी र बेरोजगारीका कारण आफनो छोरीलाई पढाउन धेरै गाह्रो परेको बताईन । उनले साईलक नहुदा आफनी छोरी पर्साहिया देखि रंगपुर सम्म पढनकालागि दैनिक पैदल नै आउजाउ गर्नु परेको बताईन । ‘ श्रीमान बिरामी हुनुहुन्छ, मैले मिहीनेत मजदुरी गरेर परिवार चलाउनु परेको छ, छोरीलाई कसरी साईलक किन्ने ’ उनले दुःखी हुदै भनिन ।

आफनो सुमहमा जम्मा गरेको बचतले केही राहत मिले पनि छोरीलाई साईकल किन्ने सपना भने पुरा हुन नसकेको उनले दुःखेसो पोखिन । सो अवसरमा आत्मनिर्भर र आमा समुहकी सुन्जेसरा कुर्मी, कान्ती रैदास, पुनिता पासी, लागतयतले समुदायमा आएको परिवर्तन, भोगको समस्या सिकाई लगायतका बिषयमा अनभव सुनाएका थिए । सो अवसमरा संस्थाकी बिन्दबासिनी हरिजनले पढाई छोडको बालबालिकालाई पुनः बिद्यालमया ल्याउन गाह्रो भएको, बालबालिकालाई मजदुरीमा लैजाने, महिलाको समाजका अझै अर्थपुर्ण सहभागीता नभएको, पुरुषबादी सोच, मुस्लिम महिलाहरुलाइृ सरकारी बिदालमया ल्याउन कठिन भएको र जातीय बिभेद अझै कायम रहेको सवालहरुका बिषमाय जानकारी गराएकी थिईन ।

उनले दलित सामाजिक केन्द्र अन्र्गत ६४ वटा आत्मनिर्भर समुह, ८ बाल क्लव र ६ महिला समुह गठन गरिएको बताईन। कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले गाउ देहातमा रहेको महिलाहरुको पनि बिस्तारै सचेतना स्तर बढदैै गएको बताए । उनले चुलोचौकामा सिमित रहने महिलाहरु बिस्तारै आयआजर्न र सामाजिक काममा बाहिर आउनु पनि परिवर्तनको संकेत रहेको बताए । उनले गरिब र बिपन्न परिवारको आर्थिक स्थिति उकास्न र शिक्षाकालागि पालिकलो बिशेष लागनी गर्नु पर्ने बताए । कार्यक्रममा संस्था गोबिन्द दवल र आधा दर्जन बढी संचारकर्मीको सहभागीता थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट