५ जेष्ठ २०८१, शनिबार

डाेटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

डोटी – सेती नदीमा नुहाउने क्रममा डुबेर आज एकजना वृद्धको ज्यान गएको छ ।

डाेटीकाे प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोसीले जानकारी दिनुभयो ।

आज बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट