१५ बैशाख २०८१, शनिबार

कृष्णनगर डुबानमा, विद्यालयहरु बन्द

कपिलवस्तु ,साउन,२७ । लगातारकाे वर्षा र पानीकाे उचित निकास नभएकाेले कपिलवस्तुकाे कृष्णनगर डुबानमा परेकाे छ । जिल्लाका दर्जनबढी गाउंमा पानी पसेर डुबानमा परेका छन ।                                 कृष्णनगरनगरपालिका भित्रका नरैनापुर, मानपुर, हरिगवां, सिर्सिहवा,बालानगर,शिवभारी,लक्ष्मीनगर,रुपगंज,पटना, चैपुरवा,बसन्तपुर,खैरा लगायतका दर्जनबढी गाउंहरु डुबानमा परेका छन । पहिलेदेखि अस्तव्यस्त रहेका नालीनाला, अाउटलेट नभएकाे तथा अवैधरुपकाे कब्जा कै कारण अहिले कृष्णनगर बजार लगायत वरपरका गाउंहरुमा बाढीकाे पानी पसेकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह भन्छन । उहांले अबकाे नगरपरिषदमा नगरभित्रका नाली र बाटाे निर्माण मुख्य याेजनामा राखिने तथा बजार भित्र पस्ने पानीलाई सेमरा गाउँ हुदै बाहिर निकास दिने कार्य तिव्रताका साथ लागू गरिने बताएका छन । नगरपालिका भित्रकाे राम गााेरखा मावि , महेन्द्र मावि, कृषि बिकास बैंक लगायत घरभित्र पानी पसेकाले विद्यार्थीहरु विद्यालय समेत समास्या भएकाे ग्लाेबल स्कुलका प्रअ अालाेक अाेझाले बताउछन । नालीमाथिकाे अवैध कब्जा हटाएर पुनर्निर्माण गरि पानी निकास बजार बाहिर दिएमा समाधान हुने फर्निचर व्यापारी बिनाेद विश्वकर्मा बताउछन । त्यसतै भारत सरकारले बार्डर हुँदै बनाउन लागेकाे सरयु बांंधकााे  उचाई कृष्णनगर र वरपरका समथर भुमिभन्दा माथि रहेकाेले पनि डुबानमा पर्न गएकाे हुन सक्ने सम्भाव्यता बढदै गएकाे छ ।#

धेरै कमेन्ट गरिएका

ताजा उपडेट