२३ बैशाख २०८१, आईतवार

जानकी नगरको सफाईमा जुटे युवा

जनकपुरधाम,चैत १९ । फोहरको शहर जनकपुर नगर भनेर चिनिन्ने जनकपुरधामलाई सफा बनाउन अहिले जताततै सफाई अभियन्ताहरु सफाईमा जुटेका छन् ।

युवा सरसफाई अभियन्ताहरुले जनकपुरको सफाई गर्न तम्सिएसंगै शनिवार जनकपुरको जानकी नगर र तीरहुतीया गाछी स्थित बाल उद्यानको सफाई गरेका छन् । जानकी नगरका युवाहरुको एक समुहले एक विहानै हातमा झाडु, कोदालो, बाल्टिन सहितका सामग्री लिएर सफाई जुटेको देखियो । जानकी नगरका युवा विन्द किशोर साहको नेतृत्व तथा सोही नगरका युवा अजय साह र असरहराईनको विशेष पहलमा भएको सफाई अभियानमा सो क्षेत्रका बयोबृद्धले समेत साथ दिएका थिए । नगरपालिका तथा रेडक्रसको सहयोगमा उपलब्ध गराईएको मास्क, झाडु सहितका सामग्री लिएर उनीहरुले जाम भएका नाला, देखि बाटोमा जताततै रहेको फोहरहरुलाई समेत एक ठाउँमा राखेर व्यवस्थापन गरेका थिए । सफाई अभियान अब देखि अझ बृहत्त हुने बताउदै प्रत्येक शनिवार सफाई अभियान जारी रहने नेतृत्वकर्ता साहले जानकारी दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट