१४ बैशाख २०८१, शुक्रबार

नेपाल–भारत सुरक्षा बैठक दिल्लीमा सम्पन्न

नयाँदिल्ली । नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए ।

दुई दिनसम्म चलेको उक्त बैठकमा सैन्य तालिम, क्षमता अभिवृद्धि, सूचना आदानप्रदान तथा उच्चस्तरीय भ्रमण आवागमन बढाउने विषयमा छलफल भएको थियो ।
नेपालतर्फबाट नेतृत्व गरेका परराष्ट्रका सहसचिव तीर्थराज वाग्लेले बैठक नियमित एजेन्डाहरूमै केन्द्रित रहेको बताए । बैठकमा सुरक्षा अधिकारीहरू पनि सहभागी थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट