१५ बैशाख २०८१, शनिबार

नायिका अशिष्मा नकर्मी अभिनित म्यूजिक भिडियो ‘असन बजारमा’ सार्वजानिक

लक्ष्मण बि सि, ५ असोज अर्घाखाँची कपिलवस्तु टाईम्स छिल्लो समय नेपालमा निकै चर्चामा रहेकी नायिका अशिष्मा नकर्मीको म्युजिक भिडियो सार्वजनिक भएकाे छ।चर्चित गायिका नलिना चित्रकार र गायक बेदराज बस्नेतको आवाज रहेको र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको म्युजिक भिडियो शनिवार अमेरिकाबाट सार्वजनिक भएको छ । डिपी खनालको शव्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘असन बजारमा’ बोलको गीत शनिवार टेक्सासको अर्भिंगमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्रमा स्थापित हाल अमेरिकामा रहेकी नायिका अशिष्मा नकर्मी लगायत नारायण प्रधान, उषा उप्रती र कमल साउदको समेत यो भिडियोमा अभिनय रहेको छ । नायिका नकर्मी अमेरिका गएपछिको यो पहिलो म्युजिक भिडियो हो । यो भिडियो मार्फत नायिका नकर्मीले अमेरिकामा रहेर पनि आफु अभिनयमा निरन्तरता दिने संकेत समेत दिएकी छन् । असन बजारको भिडियोलाई संचारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको हुन् ।
अमेरिका र नेपाल दुवै देशमा छायॉकन गरिएको भिडियोको अमेरिकामा रामेश्वर कार्की र नेपालमा उत्सव दाहालले खिचेका हुन् भने कोरियोग्राफी अमेरिकाको लागि आयिशा ओझा र नेपालका लागि प्रमोद भण्डारीले गरेका हुन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट