१५ बैशाख २०८१, शनिबार

खाेप व्यवस्थापनमा लापरवाही , निजि क्लिनिकमा जनसन खाेप

कपिलवस्तु , साउन २२ । जिल्लामा स्वास्थ संस्थाद्वारा खाेपकाे दुरुपयोग भएकाे तथ्य खुलेकाे छ ।
जिल्लाकाे कृष्णनगर नगरपालिकाभित्र वैदेशिक राेजगारिका लागि जाने व्यक्तिका लागि ल्याइएकाे जानसन खाेप निजी क्लिनिक चलाउदै आएका एकजना स्वास्थकर्मीले घरमै लगाउदै आएकाे तथ्य बाहिर आएकाे छ ।
कृष्णनगर स्वास्थ्य चाैकी क्षेत्रभित्रकाे वडा ११ झिंगहा चाैराहामा मेडिकल संचालन गर्दै आएका डा. वांगली नामले परिचित स्वास्थ्यकर्मीले अमेरिकी खाेप जानसन आफ्नाे घरमा ल्याएर खाेप लगाएकाे भिडियाे सार्वजनिक भएकाे छ ।
खाेप व्यवस्थापनमा नगर स्वास्थ शाखाकाे अधिकार रहेतापनि फाेकल पर्सनकाे रेखदेखमा स्वास्थ्य चाैकीलाई वितरण गरिएकाे स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले बताउनुभयाे । तर स्वास्थ चाैकीबाट प्राइवेट क्लिनिक व स्वास्थ्यकर्मीका हात खाेप पुग्नु स्वास्थ्य चाैकीकाे गम्भीर लापरबाही देखिएकाे छ । जबकी सरकारले खाेप लक्षित वर्ग र वैदेशिक राेजगारिमा जाने समुहलाई मात्र लगाउन निर्देशन दिएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट